Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखामा खोलाले बगाएर एक महिलाको मृत्यु


2.1K
Shares

गोरखामा खोलाले बगाएर एक महिलाको मृत्यु

गोरखा, १३ असोज । गोरखामा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ । सहिद लखन गाउँपालिका–६, घैरुङकी घर भएकी ७० बर्षकी वालकुमारी श्रेष्ठको सुकौरा खोलाले बगाएर मुत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

बुङ्कोट स्वास्थ्य चौकीमा चेकजाँच गरेर शनिवार घर फर्कनु भएकी श्रेष्ठ घर नपुगेको भन्ने खवर आएपछि खोजी गर्दा आज विहान गाउँपालिकाको वडा नम्बर ७ स्थित सुकौरा खोलाको बगरमा उहाँको शव भेटिएको डिएसपी श्रेष्ठको भनाई छ ।‘‘अत्याधिक बर्षाका कारण ठाडो खोला ठूलो भएको र तर्ने क्रममा खोलाले बगाएको हुनसक्ने अनुमान गरिएको छ, वडा नम्बर ७ का वडाध्यक्ष शरण श्रेष्ठले भन्नुभयो, ‘‘घरबाट आएर बुङकोट स्वास्थ्य चौकीमा उपचार गरी एक दिन आफ्न्तकोमा बास बसेर हिजो विहान करिब १० बजेतिर घर फर्कनु भएको रहेछ ।’’

घटनास्थलमा प्रहरीको टोली पुगेर मुचुल्का गरी शव पोष्टमार्टमका लागि गोरखा अस्पताल ल्याउने तयारी भइरहेको छ ।..

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology