गोखरा,९ असोज । दशै तिहार छठ पर्वलगायतका चाडपर्व नजिकिँदै गर्दा प्रहरीले सुरक्षा सर्तकता बढाउने भएको छ । आज निमित्त प्रहरी महानिरीक्षक, प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो ।
उहाँले नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक सुरक्षा संवेदनशीलताका विषयमा ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूलाई निर्देशन दिनुभएको हो । प्रहरीले हरेक वर्ष चाडपर्व लक्षित विषेश सुरक्षा योजना कार्यान्वयन गर्दै आइरहेको छ ।
यस वर्ष पनि चाडपर्व लक्षित विशेष सुरक्षा योजना तयार भईसकेको केन्द्रीय प्रहरी प्रवक्ता, डिआईजी दानबहादुर कार्कीले बताउनुभयो ।
विशेष सुरक्षा योजनाले चाडपर्वमा हुने जुवातास, विभिन्न अवान्छित गतिविधि, कालोबजारी, खुला सीमानाकाको कारण हुने चोरी, तस्करी, लागुऔषध र विस्फोटक पदार्थको प्रयोग र ओसारपसार पूर्ण रूपमा नियन्त्रण गर्र्ने गरि काम गर्नेसमेत उहाँको भनाइ छ ।