Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

संविधान दिवसको अवसरमा गोरखा सदरमुकाममा रक्तदान कार्यक्रम


1.5K
Shares

संविधान दिवसको अवसरमा गोरखा सदरमुकाममा रक्तदान कार्यक्रम

गोरखा, ३ असोज । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवशरमा आज गोरखा सदरमुकाममा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सदरमुकामको रेडक्रस भवन परिषरमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गोरखा र सन नेपाल लाइफ इन्स्योरेन्सको संयुत्त आयोजना तथा रक्त संञ्चार केन्द्र गोरखाको प्राविधिक सहयोगमा रक्तदान भएको रेडक्रसका सभापति भिमसेनकाजी बानियाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त कार्यक्रममा १९ जनाले रक्तदान गरेका थिए । संकलित सबै रगत रक्त संञ्चार केन्द्र गोरखालाई हस्तान्तरण गरिएको छ ।

५ महिला र १४ जना पुरुषले रक्तदान गरेको सभापति बानियाँले बताउनुभयो । रक्तदान पूर्व जिल्ला प्रशासन कार्यालय गोरखाबाट सुरु भएको ¥र्यालीले कालिमाटी बजार, शक्तिचोक, बैंक रोड, पुरानो बसपार्क, पदेली, ठुलो आँगन, खोपीधारा, गणेश पाटन, पाटेचौर, गोरखा अस्पताल हुदै लोकतान्त्रिक चोकमा आएर समापन गरिएको थियो ।

रक्तदानमा प्रमुख जिल्ला अधिकारी भोला दाहाल सहित राष्ट्र सेवक कर्मचारी, ईन्स्योरेन्सका कर्मचारीहरु र सर्व साधारणको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology