Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

पालुङटार नगरपालिकाद्धारा अभिभावक विहिन, तथा आर्थिक रुपमा कमजोर भएका बालबालिकालाई शैक्षिक सामग्री प्रदान


2.6K
Shares

पालुङटार नगरपालिकाद्धारा अभिभावक विहिन, तथा आर्थिक रुपमा कमजोर भएका बालबालिकालाई शैक्षिक सामग्री प्रदान

गोरखा, ३ असोज । गोरखाको पालुङटार नगरपालिकाले अभिभावक विहिन, अशाहाय तथा आर्थिक रुपमा कमजोर भएका बालबालिकाहरुका लागि शैक्षिक सामग्री प्रदान गरेको छ ।

बुबा आमाबाट संरक्षण नपाएपछि अध्ययनमा समस्या झेल्दै आएका विद्यार्थीलाई राहत स्वरुप शैक्षिक सामाग्री प्रदान गरिएको पालुङ्टार नगरपालिकाकी नगर उप्रमुख बन्दना पाण्डेले जानकारी दिनुभयो ।

पालुङ्टार नगरपालिका वडा नम्बर १ को अन्नपूर्ण मा बि र वडा नंम्बर २ को जनता माध्यामिक विद्यालयमा अध्ययन गर्ने १५० जना भन्दा बढि विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको उहाँले बताउनुभएको छ । आमा बुबा बिहिन बालबालिकाहरुको अभिभावक नै नगरपालिका हो, “उहाँले भन्नुभयो, साना साना बालबालिकालाई एक्लो महशुस गर्न नदिन निःशुल्क शिक्षाको अधिकारको लागि बालबालिकासँग आफुहरु जोडिएको हौँ ।

कार्यक्रममा बालबालिकाहरुलाई कापि, कलम, जोमेट्रिबक्स, कलरबक्स, झोला, विद्यालय पोशाक, जुत्ता, मोजा र स्वेटर वितरण गरिएको छ ।

नगरपालिकाले बालबालिकालाई शैक्षिक सत्र भरिको आवश्यकता पूरा हुने गरि शैक्षिक सामग्रि वितरण गरिएको पनि उपप्रमुख पाण्डेले बताउनुभयो ।

नगरपालिकाले नगक्षेत्र भित्ररहेका सबै अभिभावक विहिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्ने लक्ष्य रहेको उपप्रमुख पाण्डेले बताउनुभएको छ । अभिभावक विहिन बालबालिकालाई शैक्षिक सामग्री वितरण कार्यक्रमका लागि नगरपालिकाले ८ लाख वजेट बिनियोजन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology