Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

आ-आफ्नो देश फर्कन अष्ट्रेलियाका प्रधानमन्त्रीको आग्रह, नेपाली बिद्यार्थी अन्योलमा


4.9K
Shares

आ-आफ्नो देश फर्कन अष्ट्रेलियाका प्रधानमन्त्रीको आग्रह, नेपाली बिद्यार्थी अन्योलमा

काठमाडौ  विभिन्न देशबाट उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेका विद्यार्थीलाई समस्या भए आआफ्नो देश फर्कन सक्ने अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले आग्रह गरेका छन् ।

मन्त्रिपरिषद्को शुक्रबारको बैठकले आफ्नै देशका नागरिकको जीवन रक्षा गर्नुपर्ने भन्दै अध्ययन र भ्रमणमा रहेका विदेशी नागरिकलाई स्वदेश फर्कन आग्रह गरेका हुन् ।

सरकारले व्यवस्थापन गरेका सेवासुविधा स्थानीय नागरिक र स्थायी बासिन्दालाई मात्र गर्न सकिने भएकाले विदेशी विद्यार्थी, नागरिक र अस्थायी बसोबास गरिरहेकाहरुलाई सहयोग गर्न नसक्ने जनाएका छन् ।

प्रधानमन्त्री स्कट मरिसनको यस्तो आग्रहपछि अध्ययनसहित विभिन्न कामका लागि रहेका नेपाली पनि अप्ठ्यारोमा पर्ने भएका छन् । यो समाचार आजको नागरिक दैनिकमा रुबी रौनियारले लेखेकी छिन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology