Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

संविधान दिवस गोरखामा ३ दिन सम्म मनाउने


931
Shares

संविधान दिवस गोरखामा ३ दिन सम्म मनाउने

गोरखा, २ असोज । संविधान दिवस गोरखामा ३ दिन सम्म मनाउने भएको छ । सरकारले असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य रुपमा मनाउने तयारी गरे संगै जिल्लामा भव्यताका साथ मनाउने तयारी भएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले मंगलबार एक सुचना जारी गर्दै संविधान दिवस मनाउने बारे जानकारी गराएको छ ।

संविधान दिवस असोज २, ३ र ४ गते गरि ३ दिन सम्म मनाउने निर्णय गरीएको हो । जिल्ला स्थित सरकारी कार्यालय तथा सार्वजनिक निकायका कार्यालय एवं शैक्षिक संस्था तथा सामुदायिक संघ संस्थाले कार्यालयको प्राङ्गणमा राष्ट्रिय झण्डा एवं ब्यानर सजाई कार्यालय र परिसर सरसफाई गर्ने जिल्ला समन्वय प्रमुख मोहन बहादुर थापा मगरले जानकारी दिनुभयो । सो दिनहरुमा नजिकको धार्मिक सांस्कृतिक सम्पदास्थलहरुको सरसफाई गर्ने, सार्वजनिक महत्वका स्थलहरु र आ–आफ्नो घरघरमा दिप प्रज्ज्वलन गर्ने उहाँले बतानुभयो । जिल्लाको सम्पुर्ण छापा तथा विद्युतीय माध्यमहरुबाट संविधानको महत्वविषयमा सन्देश मुलक कार्यक्रमहरु प्रशारण गरिने जिल्ला प्रशासन कार्यलय गोरखाले जनाएको छ ।

त्यस्तै सरोकारवाला संघसंस्था निकाय, कार्यालय तथा नागरिकस्तरमा रचनात्मक, सिर्जनात्मक, सन्देशमुलक तथा जनचेतनामुलक कार्यक्रम गर्ने छ ।

सबै सार्वजनिक निकाय सामाजिक सांस्कृतिक, धार्मिक प्रतिष्ठानहरु संघसंस्था निकायहरुमा ज्ञात–अज्ञात शहिदहरुको आत्माको चीरशान्तीको कामना सहित उच्चसम्मानका साथ श्रद्धासुमन अर्पड गरी संविधान दिवस मनाईने समन्वय प्रमुख थापा मगरले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology