Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेपाल राष्ट्र बैंकले१९ करोड थान ५०० का नोट छाप्ने


6.1K
Shares

नेपाल राष्ट्र बैंकले१९ करोड थान ५०० का नोट छाप्ने

 

 नेपाल राष्ट्र बैंकले पाँच सय रुपैयाँ दरका १९ करोड थान नयाँ नोट छाप्ने भएको छ ।

यसका लागि राष्ट्र बैंकले सूचना जारी गरेको छ । आउँदो दसैंलाई लक्ष्य गरेर नयाँ नोट छाप्ने प्रक्रिया सुरु गरेको राष्ट्र बैंकले जनाएको छ ।
नोट छाप्न नेपाली प्रिन्टिङ कम्पनीले बोलपत्र आवेदन दिन पाउँदैनन् आंशिक वा पूर्ण सरकारी स्वामित्वका विश्वस्तरीय सुरक्षा प्रिन्टिङ प्रेसले मात्रै नोट छाप्ने बोलपत्र भर्न पाउँछन् ।

राष्ट्र बैंकले हरेक दुई वर्षमा संसारभरका सुरक्षा प्रिन्टिङ प्रेसमध्येबाट ‘प्री–क्वालिफाइड’ प्रेसको सूची तयार पार्ने गरेको छ । ती सूचीमा समावेश भएका कम्पनीले मात्रै नेपाली नोट छाप्ने प्रस्ताव दर्ता गराउन पाउँछन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology