Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

आईसिसी विश्वकप लिग २ को दोस्रो सिरिजमा नेपालले आज क्यानडासँग खेल्दै


2.7K
Shares

आईसिसी विश्वकप लिग २ को दोस्रो सिरिजमा नेपालले आज क्यानडासँग खेल्दै

काठमाडौ, ३१ भदौ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ ।

नेपाल र क्यानडाबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजे क्यानडाको किङ्ग्स सिटी क्रिकेट मैदानमा हुनेछ । त्रिकोणात्मक सिरिजमा नेपाल र क्यानडाको साथै ओमानको पनि सहभागिता छ । त्रिकोणात्मक ओडिआई सिरिज भदौ ३१ देखि असोज १० सम्म हुनेछ ।

त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालको दोस्रो खेल असोज २ गते ओमानसँग रहेको छ । तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध रहेको छ ।

सबै खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । ओडिआई सिरिज सकिएको २ दिनपछि सोहि टोलीबीचमा टि ट्वान्टी आई सिरिज हुनेछ । सिरिज असोज १२ देखि १७ गते सम्म हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology