Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

सुनको मूल्यमा कीर्तिमान


2.3K
Shares

सुनको मूल्यमा कीर्तिमान

काठमाडौँ, ३० भदौ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागिरहेको सुनको मूल्य आज प्रतितोला रु। पाँच सयले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु। एक लाख ५६ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु। एक लाख ५६ हजार आठ सय निर्धारण भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

यस्तै चाँदीको मूल्य तोलामा रु। ४० ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु। एक हजार आठ सय ६० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु। एक हजार नौ सय निर्धारण भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology