एजेन्सी, ३० भदौ । पाकिस्तानले अफगानिस्तानमा खटाएका आफ्ना विशेष कूटनीतिज्ञ आसिफ दुर्रानीलाई हटाएको छ । पाकिस्तानी मिडिया हाउस डनकाअनुसार पाकिस्तानी आर्मी दुर्रानीको कामबाट खुसी नभएपछि त्यहाँको सरकारले उहाँलाई हटाएको हो ।
दुर्रानीकाअनुसार अफगानिस्तानको नीतिका सम्बन्धमा उहाँले दिएको सल्लाह परराष्ट्र मन्त्रालयले निरन्तर बेवास्ता गरिरहेको थियो। पाकिस्तानले जुन २०२० मा अफगानिस्तानमा विशेष कूटनीतिज्ञ पठाउन थालेको थियो ।