गोरखा २२, चैत । गोरखाको शहिद लखन गाउँपालिकामा एम्बुलेन्स चालकहरुलाई पर्सनल प्रोट्रेक्टिभ इक्युपमेन्ट (पिपई) प्रदान गरिएको छ । पालिकाभित्र सञ्चालित एम्बुलेन्स चालकलाई सम्भावित कोरोना भाइरस (कोभिड १९) बाट सुरक्षित राख् पिपिई हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष रमेशबाबु थाप मगरले जानकारी दिनुभयो ।
पालिका भित्र सञ्चालित एम्बुलेन्स चालकहरूको सुरक्षालाई ध्यानमा राखि नाम्जुङ्ग सेवा समाजले गाउँपालिकालाई २ थान पिपिई उपलब्ध गराएको थियो । जसमा एप्रेन, चस्मा, मास्क, बुट र सेनिटाईजर लगायतका सुरक्षा सामाग्री रहेको समाजले जनाएको छ । पिपिई हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष थापा मगर र गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष रामप्रसाद लामिछाने लगायतको सहभागिता रहेको थियो ।
शहिद लखन गाउँपालिका र नामजुङ्ग स्वास्थ्यचौकीद्वारा सञ्चालित दुबै एम्बुलेन्सले संबन्धित स्वास्थ्य चौकिको सिफारीसमा कोरोना संकास्पद तथा संक्रमण भएका बिरामीलाई संबन्धित स्वास्थ्य केन्द्रसम्म निशुल्क एम्बुलेन्स सेवा प्रदान समेत जनाएको छ ।