Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखामा सवारी दुर्घटनामा परी घाईते भएका नेपाली सेनाको उपचारको क्रममा मृत्यु


1.7K
Shares

गोरखामा सवारी दुर्घटनामा परी घाईते भएका नेपाली सेनाको उपचारको क्रममा मृत्यु

गोरखा, २९ भदौ । गोरखामा आज दुर्घटनामा परी घाईते भएका नेपाली सेनाका लेस नायकको मृत्यु भएको छ । गोरखा नगरपालिका दलभञ्ज्याङमा शनिवार दिउँसो ट्रिपर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार नेपाली सेनाका लेस नायकको मृत्यु भएको हो । अर्का एकजना गम्भिर घाइते भएका छन् ।

आज दिउँसो साढे ४ वजेतिर भएको दुर्घटनामा गम्भिर घाइते इलाम देऊमाई गाऊँपालिका २ घर भएका २५ वर्षका सुरेन्द्र राईको उपचारका क्रममा गोरखा अस्पतालमा मृत्यु जिल्ला प्रहरी कार्यलय गोरखाका प्रहरी नायब उपरिक्षक एबम् सुचना अधिकारी डिएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा गम्भिर घाइते हुनुभएका संखुवासभा नगरपालिका ३ खापाङ घर भएका २४ वर्षका जनम राईलाई थप उपचारका लागि काठमाण्डौं लगिएको छ । दुबैजना गोरखास्थित नेपाली सेनाको रिपूमर्दन गणमा कार्यरत रहेका जिल्ला प्रहरी कार्यालयका डिएसपी श्रेष्ठले बताउनुभयो ।

गोरखा बजारबाट आँबुखैरेनीतर्फ गैरहेको ग १ क ५६५४ नम्वरको ट्रिपर र विपरित दिशाबाट आइरहेको बा ७० प २८७१ नम्वरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख बासुदेव पाठकले बताउनुभयो । ट्रिपर र चालक अजिरकोट घर भएका चन्द्रबहादुर परियारलाई गोरखा प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology