गोरखा, २९ भदौ । नेपाल पत्रकार महासंघको निर्वाचन पुनः स्थगित भएको छ । यसअघि असोज ५ गते तिनै तहको निर्वाचन गर्नेगरी मिति घोषणा भएकोमा महासङ्घले आज असोज १२ गतेको नयाँ मिति सार्वजनिक गरेको हो ।
अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएपछि परिस्थिति असहज भएको भन्दै निर्वाचन मितिमा सामान्य हेरफेर गरिएको महासङ्घले निकालेको विज्ञप्तिमा उल्लेख छ । असोज १२ गते शनिबार निर्वाचन गर्नेगरी निर्वाचन समितिलाई पत्रचार गरिएको महासङ्घले जनाएको छ ।
भोलि मतदाता सूची र निर्वाचन तालिका सार्वजनिक गर्ने सहमति भएको महासङ्घले जनाएको छ ।