Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

अकोराबको पदाधिकारी आज चयन हुँदै 


2.9K
Shares

अकोराबको पदाधिकारी आज चयन हुँदै 

काठमाडौ, २९ भदौ । देशभरीका सामुदायिक रेडियोहरूको छाता सङ्ठन, सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालको नयाँ नेतृत्व आज चयन हुँदैछ । ललितपुरमा हिजोबाट सुरु भएको अकोराबको १८ औँ वार्षिक साधारण सभा एवम् आठौँ अधिवेशनले आज नयाँ नेतृत्व चयन गर्ने भएको हो ।

अकोराबका महासचिव किशोरजङ्ग थापाले नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका बनाएर प्रक्रिया सुरु गरिएको जानकारी दिनुभयो । मतदाताको नामावली प्रकाशन, उम्मेदवारीका लागि दरखास्त, दाबी विरोधलगाएतको कार्यतालिका तयार भएको छ ।

तर कार्यतालिकामा कतिबेला देखि मतदान सुरु हुने खुलाईएको छैन । प्राविधिक कारणले कार्यतालिका हेरफेर गरिएको र केहीबेरमा निर्वाचन सम्बन्धि पूर्ण कार्यतालिका प्रकाशन हुने भन्दै सूचना सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology