Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

बालिका बलात्कारको मुद्दामा थुनामा रहेका इन्स्पेक्टर शिवाकोटी धरौटीमा छुटे


1.9K
Shares

बालिका बलात्कारको मुद्दामा थुनामा रहेका इन्स्पेक्टर शिवाकोटी धरौटीमा छुटे

काठमाडौं,२८ भदौ । बालिका बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका प्रहरी निरीक्षक ९इन्सपेक्टर० विदुर शिवाकोटी धरौटीमा छुटेका छन् ।

उच्च अदालत पाटनका न्यायाधीशद्धय टेकप्रसाद गुरुङ र हेमन्त रावलको इजलासले इन्सपेक्टर शिवाकोटीलाई ३ लाख धरौटीमा छाड्न बिहीबार आदेश दिएको उच्च अदालतका सूचना अधिकारी अर्जुनप्रसाद आचार्यले बताउनुभयो ।

उनी बिहीबार नै धरौटी बुझाएर रिहा भएका छन् । यसअघि शिवाकोटीलाई १९ असारमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

शिवाकोटी आफ्नो घरमा घरेलु श्रमिकका रुपमा राखिएकी १२ वर्षकी बालिकालाई जबरस्ती करणी गरेको आरोपमा २३ जेठमा उनी पक्राउ परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology