काठमाडौ, २७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ ३१ गते प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओली आगामी असोज ४ गते संयुक्त राष्ट्र संघको ७९ औं महासभामा सहभागी हुने अमेरिका जाँदैछन् ।
उक्त भ्रमणको एजेन्डाबारे जानकारी गराउन प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ । भदौ २० गते बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भ्रमण तालिका स्वीकृत गरेको थियो।