Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

बालुवाटारमा प्रधानमन्त्री ओलीसँग देउवा र प्रचण्डको छलफल


2.3K
Shares

बालुवाटारमा प्रधानमन्त्री ओलीसँग देउवा र प्रचण्डको छलफल

काठमाडौं, २७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारमा पुगेका छन्। संवैधानिक परिषद्को बैठकका लागि परामर्श र समसामयिक राजनीतिक विषयमा छलफल गर्न तीन शीर्ष नेता बालुवाटारमा छलफलमा जुटेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

बुधबार बेलुका पाँच बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको संवैधानिक परिषद्को बैठक सारिएको थियो। बैठक बस्नु अगाडि तीन ठूला दल छलफलमा जुटेका हुन्। बैठकमा नयाँ प्रधानन्यायाधीश, निर्वाचन आयोगको आयुक्त सिफारिसलगायतका विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक बोलाइएको स्रोतको भनाई छ।

संवैधानिक परिषदमा प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रधानन्यायाधीश, प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख रहने व्यवस्था छ । यसैगरी नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न न्याय परिषद्ले भदौ २० गते नै ८ न्यायाधीशको नाम परिषद्‍मा पठाएको छ। पठाएको नाममाथि छलफल गर्न संवैधानिक परिषद् बैठक बोलाइएको हो ।

संवैधानिक व्यवस्थाअनुसार संवैधानिक परिषद्ले नाम सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्त हुनेछन् ।
पछिल्लो समय हिंसा शब्दलाई लिएर संसद एमाले र माओवादी सांसदबीच द्वन्द्व बढेको छ । सोही विषयमा पनि शीर्ष नेताहरुबीच छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology