गोरखा, २६ भदौ : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका(२ नारीघाटमा एक यात्रुवाहक बस, एक निजी कार र एक मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
आज दिउँसो २ बजेको समयमा काठमाडौंबाट डुम्रेतर्फ जाँदै गरेको ग १ ख ७१४५ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको बा ९१ प २४५७ नम्बरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालक आँबुखैरेनी गाउँपालिका(२ बस्ने २८ वर्षीय आश्विन भन्ने ईश्वर सुनारको मृत्यु भएको थियो।
बस चालक लमजुङको सुन्दरबजार नगरपालिका(८ बस्ने २८ वर्षीय दिप भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेक सुवेदीले जानकारी दिनुभयो ।
ूहामी दुई मिनेट भित्रै घटनास्थलमा पुगेका थियौं। उद्धारका लागि आँबुखैरेनी अस्पतालमा लिएर आयौं । त्यसको १५ मिनेटपछि चिकित्सकले उहाँलाई मृत घोषित गर्नुभयो । उहाँको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाएका छौँ।ू उहाँले भन्नुभयो।
यसैगरी काठमाडौंबाटै पोखरा तर्फ जाँदै गरेको बिएबि ४६५० नम्बरको प्राइभेट कार सोही बसको पछाडिपट्टि ठोकिन पुगेको थियो। कारमा केही क्षति पुगे पनि कार सवारको अवस्था सामान्य रहेको उहाँले जानकारी दिनुभयो ।