काठमाडौँ २६ भदौ । ठगीको आरोपमा कलाकार इकु पक्राउ परेका छन् । कलाकार भिसामा विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललितपुर महानगरपालिका–२४ धापाखेल स्थायी घर भइ हाल काठमाडौंको धुम्बाराही बस्ने ४० वर्षीय सुलेमान शंकर (ईकु) भन्ने सूर्यमान शंकरलाई पक्राउ गरेको हो ।
उनले क्यानडा, अमेरिका र युरोपका विभिन्न देशमा कलाकार भिसामा लगिदिने र त्यहाँ गएपछि आकर्षक कमाइ हुने भन्दै प्रतिव्यक्ति १५ देखि २० लाख रुपैयाँसम्म ठगी गरेको प्रहरीको आरोप छ ।
इकुलाई काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ गरी बुधबार काठमाडौं जिल्ला अदालतमा पेस गरिएको सीआईबीका प्रवक्ता बोगटीले जानकारी दिनुभयो ।