Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

सार्वजनिक बिदाको दिन पनि अस्पतालमा ओपिडी सेवा पाइने भएपछि नागरिक खुसी


889
Shares

सार्वजनिक बिदाको दिन पनि अस्पतालमा ओपिडी सेवा पाइने भएपछि नागरिक खुसी

काठमाडौं २६,भदौ । सरकारले सार्वजनिक बिदाको दिन पनि सरकारी अस्पतालले बहिरङ्ग सेवा दिनुपर्ने गरी निर्णय गरेपछि नागरिक खुसी भएका छन् । तर स्वास्थ्यकर्मी र चिकित्सकहरूमा भने असन्तुष्टि बढेको छ । ललितपुरको एउटा निजी कार्यालयमा कार्यरत कपिलवस्तुकी कमला आचार्यले नियमित स्वास्थ्य परीक्षण गराउन कार्यालयमा बिदा लिनुपर्ने अवस्था रहेकामा अब सजिलो हुने भएपछि खुसी लागेको बताउनुभयो ।

आर्थिक सर्वेक्षण २०८०÷८१ अनुसार गत आर्थिक वर्षको फागुनसम्म सरकारी तथा निजी स्वास्थ्य संस्थाबाट ४ करोड २६ लाख नागरिकले बहिरङ्ग सेवा लिएका छन् ।

कुल सेवामध्ये बहिरङ्ग सेवाको अंश सबैभन्दा धेरै ९२ दशमलव ६ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ । यो तथ्याङ्क सार्वजनिक बिदाको दिन बाहेकको हो । अब सार्वजनिक बिदाको दिन पनि बहिरङ्ग सेवा खुल्ने भएपछि बाहिर जिल्लाबाट उपचार कै लागि काठमाडौं उपत्यकालगायतका सहरमा पुगेकाहरूलाई धेरै राहत मिल्ने ललितपुरका केशव महर्जनले बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भने दशैँ तिहारलगायत सबै सार्वजनिक बिदाको दिन नभइ केही पर्व, जात्रा र अन्य सार्वजनिक बिदाको दिन मात्रै बहिरङ्ग सेवा खोल्ने निर्णय भएको बताएको छ ।

त्यसै अनुसार सबै सरकारी अस्पताललाई परिपत्र गरिएको प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताउनुभयो । मन्त्रालयले यी बिदाको दिन काम गर्ने चिकित्सक र स्वास्थ्यकर्मीलाई सट्टा बिदा वा त्यस दिन वापतको पारिश्रमिक दिने दाबी गरेको छ । यद्यपी नेपाल चिकित्सक सङ्घले भने सरकारको यो निर्णय तत्काल मान्न नसकिने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology