Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ


2.3K
Shares

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ

काठमाडौं, २५ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ परेका छन् । सोमबार विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ क्षेत्रबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । प्यूठान सरूमारानी गाउँपालिका वडा नम्बर १ बाङ्गेसारका ३१ वर्षीय समीर अहमद र खोटाङ दिपरूङ गाउँपालिका वडा नम्बर ५ घर भएका ३० वर्षीय देवराज खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

समीर हिमालय एयरलाइन्सको उडानद्वारा दोहाबाट काठमाडौं आएका थिए । उनीबाट करिब ५४ ग्राम सुनको एक ढिक्का, बेरूवा औंठी र एउटा मोबाइल बरामद भएको थियो ।

साथै बाह्य मुलुकबाट नेपाल आएका यात्रुलाई भन्सार छली गर्न लगाई अवैध रूपमा संकलन गरी लैजान लागेका देवराजलाई पक्राउ गरेको हो । उनीबाट करिब २५ ग्राम तौलको सुनको सिक्री, दुई वटा मोबाइल र एउटा ल्यापटप बरामद भएको छ।

उनीहरूलाई आवश्‍यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगल बुझाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology