Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढ्यो


1.1K
Shares

सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढ्यो

काठमाण्डौ, २५ भदौ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ । आज सुन तोलामा दुई सय रुपैयाँले बढेर तोलाको एक लाख ५२ हजार चार सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ५२ हजार दुई सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि १० रुपैयाँले बढेको छ । चाँदी तोलामा दश रुपैयाँले बढेर तोलाको एक हजार सात सय ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदी तोलाको एक हजार सात सय५५ रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology