गोरखा, २५ भदौ ः गोरखा सदरमुकामबाट दिनदाहाडै महिलाको गलाबाट सिक्री चोरी भएको छ । पहिचान खुल्न नसकेको स्कुटरमा आएका २ जना युवकले आइतबार साँझपख महिलाको गलाबाट सिक्री चोरेर भागेका हुन् । यो घटना सहित गोरखा सदरमुकाममा स्कुटरमा नै सवार गरी महिलाको गलाबाट सिक्री चोरी गरेको दोस्रो घटना भएको छ ।
यसअधि साउन २३ गते बुधबार यस्तै प्रकृतीको घटना घटाएर गोरखा नगरपालिका–७ को रोहटेपानीमा स्थानिय ७५ बर्षिया रत्नकुमारी मग्रातीको २ तोलाको सिक्री गलामा चोरी गरेका थिए । महिना दिन हुन नपाउदै चोरहरुको समूहले दोस्रो पटक पुनः महिलाकै गलाबाट सिक्री चोरी गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
आइतबार साँझ ५ः३० बजे पहिचान खुल्न नसकेको स्कुटरमा आएका २ जना युवकले गोरखा नगरपालिका–६ बस्ने ५९ बर्षिया दाउरीमायाँ राना मगरले गलामा लगाएको सिक्री चोरी गरी भागेका हुन् । नियमीत रुपमा बाख्रा चराउ जाने उनको गलामा लगाएको २ तोलाको सिक्री चोरी भएको उहाँको परिवारले जानकारी दिएको छ ।
सदरमुकामको छहरे स्थित काडाँघाँरी नजिकै बाख्रा चराइ सडक किनारमा बसी रहेकी रानामगरको गलाबाट सिक्री चोरी उनीहरु सतिपिपल तर्फ भागेको थिए । प्रहरीले घटना लगत्तै उनीको खोजी ब्यापक बनाएको सूचना अधिकारी श्रेष्ठले जानकारी बताउनुभयो । चोरी गर्ने ब्यत्तीहरुका बारेमा केही सूचनाहरु प्राप्त भएकोले छिट्टै नियन्त्रणमा आउने उहाँको भनाई छ ।