Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

रोनाल्डोको नौ सय गोल पूरा


2.2K
Shares

रोनाल्डोको नौ सय गोल पूरा

काठमाडौ, २१ भदौ । पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डो माथिल्लो स्तरमा नौ सय गोल पूरा गर्ने पहिलो खेलाडी बन्नुभएको छ ।

पोर्चुगलले नेसन्स लिगमा गयराति क्रोएसियालाई २–१ ले हराउँदा रोनाल्डोले दोस्रो गोल गर्नुभएको थियो । ३९ वर्षका रोनल्डोले ३४ औं मिनेटमा भलिमा गोल गर्नुभएको हो ।

पोर्चुगलका लागि खेल्न थालेको २० वर्षपछि रोनाल्डोले १ सय ३१ औं गोल पूरा गर्नुभयो । गोल गरेपछि खुसी मनाउने क्रममा उनी घुँडा टेकेर बस्दै भावुक हुनुभएको थियो ।

रोनाल्डोले नौ सय गोलको कीर्तिमानका लागि स्पोर्टिङ लिस्बन, म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड र अहिले साउदी अरबको अल नासरबाट गोल गर्नुभएको थियो । नेसन्स लिगको समूह ‘ए’मा रहेको पोर्चुगल पोल्याण्डसँगै ३ अङ्क भएको छ । पोल्याण्डले स्कटल्याण्डलाई हराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology