Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

भिमसेन थापा गाउँपालिकामा ३ दिने ब्यबसायीक प्राबिधिक पशुपालन तालिम सुरु


4.3K
Shares

भिमसेन थापा गाउँपालिकामा ३ दिने ब्यबसायीक प्राबिधिक पशुपालन तालिम सुरु

गोरखा, १६ भदौ । गोरखाको भिमसेन थापा गाउँपालिकामा ३ दिने ब्यबसायीक प्राबिधिक पशुपालन तालिम सुरु भएको छ । मिलनसार युवा क्लबको आयोजनामा तालिमको सुरु भएको वडा नम्बर ८ का वडाअध्यक्ष बिष्णु श्रेष्ठले जानकारी दिनुभयो । आजदेखी सुरुभएको तालिममा गाउँपालिकाको वडा नम्बर ७ र ८ का ५० जना अगुवा कृषकहरुको सहभागीता रहेको उहाँले बताउनुभयो ।

गाउँपालिका पशुशाखाका कर्मचारी, काठमाडौबाट आएका २ जना पुशु बिशेषज्ञको टोलीले बाख्रा, गाई,भैँसी, कुखुरा र अन्य पशु चौपायालगायत पशुपालन गर्दा ध्यानदिनुपर्ने पक्षहरुको बारेमा अभिमुखीकरण प्रदान गर्ने वडाअध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

गाउँका पशु बस्तुमा देखा परेका बिभिन्न रोगहरु खोरेत, लम्कीस्किङ्क,थुनेलो, पड्के आदि रोग लागेमा के गर्ने र त्यसबाट कसरी बच्ने भन्ने बारेमा किसानहरुलाई प्रशिक्षण प्रदान गर्नेे क्लबका अध्यक्ष नबिन श्रेष्ठले बताउनुभयो ।

तालिमको उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जारले पालिकालार्ई कृषि र पशुपालनमा आत्मनिर्भर बनाउन र प्राङ्गारिक खेती प्रवद्र्धनको लागि समेत आफूहरु जुटेको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बञ्जराको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा क्लबका अध्यक्ष श्रेष्ठ, वडा नम्बर ७ का वडा अध्यक्ष नारायण श्रेष्ठा वडा नम्बर ८ का वडा अध्यक्ष बिष्णु श्रेष्ठ दुबै वडाका वडा सदस्य कृर्षकहरु लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology