Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

गाजामा ६ जना बन्धकको शव फेला


1K
Shares

गाजामा ६ जना बन्धकको शव फेला

एजेन्सी, १६ भदौ । गोल्डबर्ग पोलिन अमेरिकी नागरिक हुन् । उनको मृत्युको पुष्टिपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले आफू यस समाचारबाट स्तब्ध र क्रुद्ध बनेको बताएका छन् । इजरायली सेनाले सबैको शव आइतबार बिहान इजरायल ल्याइपुर्‍याइएको जानकारी दिएको छ । यसबारे मृतकको परिवारलाई पनि जानकारी दिइसकिएको छ ।

सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरी २ सय ५१ जनालाई बन्धक बनाउनुका साथै १२ सय जनाको हत्या गरेको थियो ।

हाल ९७ जना बन्धक हमासको कब्जामा रहेका छन् । यसमध्ये २७ जनाको मृत्यु भइसकेको अनुमान छ । यस घटनापछि इजरायली सेनाले गाजामा गरेको सैन्य कारबाहीमा कम्तीमा ४० हजार ५३० जनाको मृत्यु भइसकेको छ । बीबीसी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology