Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

नेपाल यू–२० साफ च्याम्पियनसिपको उपविजेता


1.7K
Shares

नेपाल यू–२० साफ च्याम्पियनसिपको उपविजेता

ललितपुर, १२ साउन । २० बर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपाल उपविजेता बनेको छ । फाइनलमा बंगलादेशसँग ४–१ ले पराजित भएपछि नेपाल उपविजेतामा सिमित भएको हो ।

ललितपुरको सातदोबाटोमा भएको खेलमा बंगलादेशलाई जिताउन मिजारुल इस्लामले दुई तथा रवि हुसेन राहुल र मोहम्मद नोभाले गोल गर्नुभयो । नेपालका लागि समिर तामाङले सान्त्वना गोल फर्काउनुभयो ।

एकै समुहमा रहेको बंगलादेशलाई समुह चरणको खेलमा हराए पनि फाइनलमा बंगलादेशले त्यसको बदला लिँदै उपाधि उचालेको हो । अपराजित रहँदै फाइनल पुगेको नेपाल फाइलनमा भने पराजित भयो । बंगलादेशले यस प्रतियोगिताको उपाधि जितेको यो पहिलो पटक हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology