काठमाडौं, १२ भदौ । ब्रिटिस टेनिस स्टार इम्मा राडुकानु वर्षको चौथो ग्रान्डस्लाम यूएस ओपनको पहिलो चरणबाटै बाहिरिनु भएको थियो ।
पूर्व विजेतासमेत रहेकी राडुकानुलाई पहिलो चरणमा सोफिया केनिनले स्तब्धबनाउनुचएको हो । केनिनले राडुकानुविरुद्ध ६–१, ३–६, ६–४ को स्कोरमा पराजित गर्नुभयो। राडुकानुले सन् २०२१ को संस्करण जित्नुभयो ।
यस वर्ष यूएस ओपनअघि राडुकानुले विम्बल्डनमा प्रतिस्पर्धा गर्नुभएको थियो । विम्बल्डनमा पनि राडुकानु क्वार्टरफाइनलबाट अघि बढ्न सक्नुभएन ।
२१ वर्षीय राडुकानु हारपछि भावुक बन्नुभएको थियो । “म अझै धेरै खेलहरू खेल्न चाहन्छु । यो आगामी वर्षका लागि सिकाइ हो,” उहाँले भन्नुभयो ।
ओलम्पिक नखेल्ने निर्णय लिएकी राडुकानुले डब्लूटीए र सिनसिनाटी पनि गुमाउनुभएको थियो ।