Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

शिक्षा दिवसको नारा तय


1.2K
Shares

शिक्षा दिवसको नारा तय

काठमाडौं, १२ साउन । यस वर्षको शिक्षा दिवसका लागि मुल नारा तय भएको छ । ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता, साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने वाक्यलाई शिक्षा दिवसको मुल नारा तय गरिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

मन्त्रीस्तरीय बैठकबाट उक्त मुल नारा टुङ्गिएको शिक्षा मन्त्रालयका प्रवक्ता केशव दाहालले बताउनुभयभो । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ जारी भएको दिन असोज दुई गतेलाई गत बर्ष देखि शिक्षा दिवसका रुपमा मनाउन सुरु गरिएको छ ।

दिवसका लागि आदर्श वाक्य बनाउन भन्दै मन्त्रालयले विभिन्न शब्दहरू सार्वजनिक गरेका थियो । सोही शब्दहरुका आधारमा मन्त्रालयले आदर्श वाक्य तय गरेको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology