Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

रास्वपाले साधारण सदस्य समेत नरहने गरी मुकुल ढकाललाई हटायो


1.3K
Shares

रास्वपाले साधारण सदस्य समेत नरहने गरी मुकुल ढकाललाई हटायो

काठमाडौं,११ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले संस्थापक महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । रास्वपाको केन्द्रीय समितिको मंगलबार बिहान बसेको बैठकले ढकाललाई साधारण सदस्य समेत नरहने गरी हटाएको हो ।

रास्वपाले साधारण सदस्यबाट किन नहटाउने ? भन्दै दुईपटक ढकाललाई स्पष्टीकरण सोधेको थियो । ढकाललाई २४ घण्टाभित्र स्पष्टीकरण दिने गरी यसअघि सचिवालय र केन्द्रीय समिति बैठकले पत्र पठाएको थियो ।

ढकालले दुवैपटक जवाफ दिँदा सभापति रवि लामिछाने माथि नैतिकताको प्रश्न उठाएका थिए । लामिछानेको नैतिक धरातल नरहेको र उनी ‘ठग’ भएको प्रमाणित आफूले गर्नसक्ने पत्र रास्वपालाई ढकालले पठाएका थिए । ढकालले रास्वपालाई दिएको जवाफ स्पष्टीकरण नभई कुण्ठा व्यक्त गरिएको नेताहरुले बताएका छन् ।

२५ असारमा बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाएको थियो । ३५ दिन भित्र कारबाही उपर पुनरावलोकन गर्ने अवधि दिइए पनि ढकालले पुरावेदन गरेनन् ।

आफू माथिको कारबाही वैधानिक नरहेको उल्लेख गर्दै ढकालले निर्वाचन आयोगमा निवेदन दिएका छन् । रास्वपा केन्द्रीय समिति अद्यावधिक नगर्न उनले आयोगसँग आग्रह गरेका छन् । ढकालले दिएको निवेदनमा आयोगले हालसम्म कुनै निर्णय लिइसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology