Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

साफ यू २० च्याम्पियनसिपको फाइनल पुग्न भारत र बंगलादेश भिड्दै


1.2K
Shares

साफ यू २० च्याम्पियनसिपको फाइनल पुग्न भारत र बंगलादेश भिड्दै

काठकाडौ, १० भदौ । साफ यू(२० च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा आज साविक विजेता भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ ।

साविक विजेतासहित तीन पटकको विजेता भारत समूह बी को विजेता बन्दै सेमिफाइनल पुगेको हो । भारतले भुटान र माल्दिभ्सलाई समान १(० ले पराजित गरेको थियो । भारत जारी प्रतियोगितामा गोल नखाने एक्लो टिम हो ।

यस्तै बंगलादेश समूह ए को उपविजेता बन्दै सेमिफाइनल पुगेको हो । बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई २(० ले पराजित गरेको थियो भने घरेलु टोली नेपालसँग २(१ ले पराजित भएको थियो ।

भारत र बंगलादेशबीच अहिलेसम्म साफ यू२०र१९र१८ च्याम्पियनसिपमा सात पटक भेट भएको छ जसमा भारत ४ पटक विजयी हुँदा बंगलादेशले २ पटक जित निकालेको थियो । एक खेल बराबरीमा सकिएको थियो । भारत र बंगलादेशबीचको विजेता आउने बुधबार घरेलु टोली नेपालसँग उपाधिका लागि खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology