गोरखा,९ भदौ । गोरखा सदरमुकाममा रहेको दैनिक उत्थान बचत तथा ऋण सहकारी संस्था लि।को छौंठौ साधारणसभा सम्पन्न भएको छ ।
सदरमुकाममा भएको उक्त साधारण सभाले सचिव मोहनराज बिष्ट र कोषाध्यष सरोज पोखरेलको बार्षिक प्रगति बिवरण तथा आगामी बर्षका प्रस्तावित कार्यक्रम र अनुमानित आय ब्यय सर्व सम्मत रुपमा पास गरिएको अध्यक्ष बावुराम श्रेष्ठले जानकारी दिनुभयो ।
०५३ सालमा स्थापना भएको उत्थान र ०५५ सालमा स्थापना भएको दैनिक साकोसको एकिकरण पछीको छौंठौ साधारण सभाले समान प्रकृतीको र सदस्यहरुको अहित नहुने गरी अन्य कुनै साकोस संग एकिकरण गर्ने प्रस्ताव समेत पास गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
साकोसमा हाल १ करोड ५६ लाख ३७ हजार ५०० रुपैयाँ शेयर पूँजी र २ करोड ७१ लाख ८ हजार ८६७ रुपैयाँ ६५ पैसा कूल निक्षेप र ३ करोड ३६ लाख ९८ हजार ८४० रुपैयाँ कर्जा लगानी रहेको साधारण सभामा जानकारी गराईएको थियो ।
संस्थाले सदस्यहरुको हितलाई ध्यानमा राखी नयाँ सफ्टवय प्रयोग ल्याएको जानकारी दिदै गएको आर्थिक बर्ष १० लाख ६० हजार २ रुपैयाँ ९१ पैसा खुदा नाफा गर्न सफल भएको पनि साधारण सभामा जानकारी गराईएको थियो ।
दुवै संस्था एकिकरण पछि पहिलो पटक साधारण सभामा शेयर प्रमाणपत्र वितरण समेत गरीएको सचिव बिष्टले बताउनुभयो। उहाँका अनुसार दुवै संस्थाका संस्थापक अध्यक्ष तथा एकिकरणका संयोजक सुशिलबावु श्रेष्ठलाई शेयर प्रमाणपत्र प्रदान गरेर शेयर प्रमाणपत्रको बितरणको सुरुवात गरिएको छ ।