Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

भारतको बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना, ३० भन्दा बढी घाइते


784
Shares

भारतको बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना, ३० भन्दा बढी घाइते

काठमाडौं,९ भदौ । भारत बिहारको समस्तीपुर जिल्लामा नेपालीहरु सवार बस दुर्घटना भएको छ । दुर्घटनामा कम्तीमा ३० भन्दा बढी घाइते भएका छन् ।

४३ जना सवार ना ७ ख ६४४६ नम्बरको उक्त बसलाई शनिबार राति पछाडिबाट एक ट्रकले ठक्कर दिएको र अनियन्त्रित भएर पल्टिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भारतका विभिन्न अनलाइनहरुले लेखेका समाचार अनुसार दुर्घटनामा तीन दर्जन यात्री घाइते भएका छन् । एक किशोरसहित पाँच जनाको अवस्था गम्भीर छ । घाइतेहरुको उपचार मुसरीघरारी अस्पताल र निजी क्लिनिकहरुमा भइरहेको छ ।

सडक किनारमा पल्टिएको बसलाई क्रेनको सहायताले उठाइएको छ । ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

एसएसपी सञ्जय पाण्डेका अनुसार घाइतेहरु नेपालको बारा जिल्ला निवासी हुन् । उनीहरु जल चढाउनका लागि झारखण्डको देवघर तीर्थका लागि जाँदै गर्दा दुर्घटनामा परेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology