Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गुडिरहेको मोटरसाइकलमा ढुङ्गा खस्दा एक जना घाइते


1.4K
Shares

गुडिरहेको मोटरसाइकलमा ढुङ्गा खस्दा एक जना घाइते

चितवन, ९ भदौ । चितवनको नारायणगढ मुग्लिङ सडक खण्डको खोर खोलामा गुडिरहेको मोटरसाइकलमा ढुङ्गा खस्दा एक जना घाइते हुनुभएको छ ।

नारायणगढबाट काठमाडौंतर्फ आइतबार जाँदै गरेको बा प्र ०३–००४ प २७०२ नम्बरको मोटरसाइकल गुडिरहेको अवस्थामा बिहान ८ बजे ढुङ्गा खसेर चालकलाई लागेको थियो ।

पहाडबाट खसेको ढुङगा लागेर रत्ननगर न।पा २ टाडीचोक बस्ने २८ वर्षीय आंशिक मिया घाइते भएको जिल्ला प्रहरीका कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयो ।

ढुङ्गा लागेपछि मियाँको हातमा चोट लागेको छ भने मोटरसाइकलमा ठुलो क्षति भएको प्रहरीले जानकारी दिएको छ । भदौ महिना लागेपछि योसहित मुग्लिन नारायणगढ सडक खण्डमा ढुङ्गा लागेर चार वटा सवारी साधनमा क्षति भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology