Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

भारतको केदारनाथ नजिकै पहिरोमा परी मृत्यु हुने चार नेपालीको पहिचान खुल्यो


1.8K
Shares

भारतको केदारनाथ नजिकै पहिरोमा परी मृत्यु हुने चार नेपालीको पहिचान खुल्यो

कञ्चनपुर, ७ भदौ । भारतको केदारनाथ नजिकै पहिरोमा परी मृत्यु भएकाहरुको सनाखत भएको छ । दिल्लीस्थित नेपाली दुतावासका अनुसार मृत्यु हुनेमा १ जना दैलेखका र ३ जना चितवनका नागरिक छन् । सडकछेउमा छाप्रो बनाएर बसेका उनीहरुलाई पहिरोले पुरेको हो ।

भारतको केदारनाथ नजिकै पहिरोमा परी मृत्यु हुने चार नेपालीको पहिचान खुल्यो । दुतावासका काउन्सलर उमाप्रसाद चतुर्वेदीका अनुसार चितवनको माडीका पुर्ण नेपाली, किसन परीयार र तुल बहादुर परीयार तथा दैलेखका दिपक बुढाको पहिरोमा परी मृत्यु भएको हो । बुढाको पुर्ण ठेगाना खुलेको छैन । उनीहरु चारै जना एउटै घरमा बस्दै आएका थिए ।

चतुर्वेदीका अनुसार उनीहरु चारै जना डेढ महिनाअघि मात्रै डकर्मीको काम गर्न केदारनाथ नजिकै फाटा भन्ने ठाउँमा पुगेका थिए । मृतक चारै जनाको शव रुद्रप्रयाग स्थित सरकारी अस्पतालमा राखिएको छ ।

बिहीबार राती रुद्रप्रयागबाट ८० किलोमिटर टाढा केदारनाथ जाने बाटोमा फाटा नजिकै पहिरोमा परी ४ जनाको मृत्यु भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology