Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

यस्तो छ आजको मौसम


1.2K
Shares

यस्तो छ आजको मौसम

काठमाडौ, २१ चैत । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।

महाशाखाले हाल देशमा पश्चिमि वायू र स्थानिय वायूको आंशिक प्रभाव रहेको र  देशको पश्चिमी क्षेत्रका केहि भु–भागमा आंशिक बदली भएको र बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको जानकारी दिएको छ ।

यसैगरी, महाशाखाले शुक्रबार दिउँसो देशका पहाडी भू–भागमा  आँशिक बदली रही एक वा दुई स्थानमा मेघ गर्जन, चट्याङ तथा असिना सहित वर्षाको सम्भावना रहेको जनाएको छ ।
बाँकी क्षेत्रमा भने  मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख छ ।
राति भने देशभर सामान्यतया मौसम सफा रहने देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology