Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखामा करेन्ट लागेर घाईते भएका पुरुषको मृत्यु


2.2K
Shares

गोरखामा करेन्ट लागेर घाईते भएका पुरुषको मृत्यु

गोरखा, ६ भदौ । गोरखामा करेन्ट लागेर घाईते भएका दुई जनामध्ये एकजनाको मृत्यु भएको छ । गोरखा नगरपालिका वडा नं.९ लक्ष्मीबजार निवासी २४ वर्षका सुनिल मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उपचारका लागि मगरलाई भरतपुरस्थित चितवन मेडिकल कलेज(पुरानो)मा लगिएको थियो । अस्पताल पुग्नासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

आज दिउँसो करिब १२ ः ३० बजे गोरखा नगरपालिका वडा नं ६ स्थित प्रज्वल जोशीको निर्माणधिन घरको छतमा आल्मुनियमको काम गर्ने क्रममा करेन्ट लागेर दुई जना घाईते भएका थिए ।

रेलिङ हाल्ने क्रममा फलामको रडमा बिजुलीको नाङ्गो तार छोईएपछि ;मगर सहित अर्का एक युवालाई करेन्ट लागेको थियो । अर्का घाईते भारत घर भई गोरखा नगरपालिका वडा नं.६ पेट्रोलपम्प स्थित प्रिन्स आई ग्रील उद्योगमा कार्यरत २८ वर्षका अर्मन खानको अपोलो अस्पताल गोरखामा उपचार भईरहेको डिएसपी श्रेष्ठले बताउनुभयो ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology