गोरखा, ५ भदौ । गोरखामा आफ्नै श्रीमती र बुहारीलाई कोठामा बन्धक बनाई यातना दिने दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गोरखा नगरपालिका वडा नं ४ फिनामकी २२ बर्षकी फरिदा खातुनलाई कोठामा बन्धक बनाई यातना दिने उनका श्रीमान महमद अफजल मिया र ससुरा महमद अहमद मियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले गोरखाका प्रहर निरीक्षक एवम सूचना अधिकारी ध्रुवप्रसाद शर्माले जानकारी दिनुयभो ।
उहाँका अनुसार फरिदाले दिएको जाहेरीका आधारमा उनिहरुलाई पक्राउ गरीएको हो । २२ वर्षकी फरिदालाई उनिहरुले साउन ३० गतेदेखी ३२ गतेसम्म आफ्नै घरको कोठामा खाँबोमा बाधी, खाना–पानी समेत नदिई मार्ने उदेश्यले हात, लात्ती, लौरी, पेटी(बेल्ट), खुकुरी, चक्कुले प्रहार गरी बन्धक बनाई राखेकोमा भागेर ज्यान जोगाउन सफल भएको जाहेरीमा उल्लेख छ ।
पक्राउ परेका दुबैजना विरुद्ध ज्यान मार्ने उद्योग कसूर शीर्षकमा मुद्दा दर्ता गरी हिररासतमा राखेर अनुसन्धान भैरहेको प्रहरी निरीक्षक शर्माले बताउनुभएको छ ।