Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

सदन र सडकबाट संघर्षको विकल्प देखेको छैनः प्रचण्ड


1.7K
Shares

सदन र सडकबाट संघर्षको विकल्प देखेको छैनः प्रचण्ड

काठमाडौ,२ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका मुद्दाको रक्षाका निम्ति सदन र सडकबाट संघर्षको विकल्प नरहेको बताएका छन् ।

तत्कालीन एकता(केन्द्रका केन्द्रीय सदस्य रामवृक्ष यादवको स्मृतिमा आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले जनताका अधिकार खोसिने आशंका जन्मिएकाले त्यसको रक्षाका लागि संघर्षको विकल्प नरहर्को बताउनुभयो ।

‘जनताका मुद्दा खोसिने हुन् कि भन्ने आशंका जन्मिएको छ, प्रश्नहरू जन्मिएका छन् । जनताका मुद्दा रक्षा गर्न जनतामा जानुको बिकल्प छैन। मैले सदन र सडकबाट संघर्षको बिकल्प देखेको छैन,’ उहाँले भन्नुभयो ।

अध्यक्ष प्रचण्डले अहिले बनेको गठबन्धन अपवित्र रहेको र माओवादी नेतृत्वको सरकारले राम्रो काम गरेकाले विरोधीहरू आत्तिएर नयाँ गठबन्धन बनाएको बताउनुभयो ।

‘यो अपवित्र छ, यसको उद्देश्य गलत छ,’ उहाँले भन्नुभयो । प्रचण्डले पार्टीलाई सुदृढ गर्ने र अझै बलियो बनाउनेतिर अगाडि बढेको पनि बताउनुभयो ।

‘स्थायी समिति बैठकमा खुला र गम्भीर छलफल गरिरहेका छौँ । पार्टी थप सुदृढ गर्ने प्रक्रिया अगाडि बढेको छ। केन्द्रीय समितिको बैठकबाट व्यवस्थित कार्यक्रम र कार्ययोजना बनाएर अगाडि बढ्छौँ,’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology