Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखामा गएराती खुकुरी प्रहार : ३ जना घाईते, खुकुरी प्रहार गर्ने घले प्रहरी नियन्त्रणमा


2.1K
Shares

गोरखामा गएराती खुकुरी प्रहार : ३ जना घाईते, खुकुरी प्रहार गर्ने घले प्रहरी नियन्त्रणमा

गोरखा,२८ साउन । गोरखा बजारमा आईतबार साँझपख १ जना युवकले खुकुरी प्रहार गर्दा ३ जना घाईते भएका छन् । घाईते सबैको गोरखा अस्पतालमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार गोरखा नगरपालिका–७ को धारापानी क्षेत्रमा लाँखे नाँच हेरी रहेको स्थानमा अन्धाधुन्धा खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहार गर्ने गोरखा नगरपालिका–७ रोहटेपानीका १७ बर्षिय प्रमित घले गुरुङलाई तत्कालै प्रकाउ गरी हिरासतमा राखिएको छ ।

खुकुरी प्रहारबाट गोरखा नगरपालिका–७ रोहटेपानीका बर्ष २० का रुबिन बराम, सोही स्थानका बर्ष ४९ का प्रितमान गुरुङ र गोरखा नगरपालिका–६ ठुलो आँगनका बर्ष १७ का आकाश घिमिरे घाईते भएका छन् । सबैका गोरखा अस्पतामा उपचार जारी रहेको पनि सूचना अधिकारी शर्माले बताउनुभयो ।

खुकुरी प्रहारबाट घाईते भएका प्रितमान गुरुङ प्रमित घले गुरुङका सहोदर बुवा हुन् । छोराले अन्य ब्यत्तीलाई खुकुरी प्रहार गर्न खोजेको अवस्थामा छेक्न पुगेका उनलाई दायाँ हातको पाखुरामा गहिरो चोट लागेको छ ।

उता खुकुरी प्रहारबाट घाईते भएका बरामको भने टाउको र बायाँ हातमा गहिरो चोट लागेको प्रहरीले जानकारी दिएको छ । त्यस्तै गरी अर्का घाईते घिमिरे सामान्य घाईते भएका छन् ।

सबै पिडित आजै अस्पतालबाट डिस्चार्ज हुन सक्ने प्रहरीले जनाएको छ । पिडकका बिरुद्व सोमबार बिहानसम्म जाहेरी नपरेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology