Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

धार्चेका पहिरोपीडितलाई खाद्यान्य वितरण


1.2K
Shares

धार्चेका पहिरोपीडितलाई खाद्यान्य वितरण

गोरखा, २७ साउन : उत्तरी गोरखाको धार्चे गाउँपालिका–५, सिङ्लास्थित रेसेफाँटका पहिरो पीडितलाई राहत वितरण गरिएको छ । पहिरोबाट पीडित भएका परिवारलाई लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट (३२५) ले खाद्यान्यलगायतका अत्यावश्यक राहतका सामाग्री उपलब्ध गराएको लायन्स जिल्ला रिर्पोटिङ प्रमुख यम बसेलले जानकारी दिनुभयो ।

लायन्स क्लब इन्टरनेसनको राहत कोषबाट प्राप्त राहत सामग्री पहिरोबाट पीडित ५५ घरपरिवारलाई बितरण गरिएको उहाँले बताउनुभयो । ‘‘प्रत्येक घर परिवारलाई चामल, दाल, नुन तेललगायत अन्य लत्ता कपडासमेत उपलब्ध गराइएको छ, प्रमुख बसेलले भन्नुभयो, ‘‘तत्कालका लागि खानबस्न समस्या नहोस् भनेर राहत वितरण गरिएको हो ।’’

पहिरोमा परेर ज्यान गुमाएकाहरुको परिवार र घाइतेका परिवारलाई भने थप राहतसमेत उपलब्ध गराइएको उहाँले बताउनुभयो । पहिरो पीडितका लागि ४०÷४० थान सिरक, डसना, म्याटलगायतका लत्ता कपडा समेत पीडितलाई वितरण छ ।

रेसेफाँटमा साउन १३ गते विहान गएको भीषण पहिरोमा परेर एकै परिवारका ३ जना सहित ५ जनाको मत्यु भएको थियो । पहिरोमा दुई जना गम्भीर घाइते समेत भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology