गोरखा, २५ साउन । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा सुत्केरी व्यथाले तीनदेखि थलिएकी एक महिलाको उद्धार गरीएको छ । गाउँपालिकाको वडा नम्बर –३ सल्लेरीकी सुनमाया गुरुङको नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरीएको चुमनुब्री गाउँपालिकाकी उप्रमुख लक्ष्मी गुरुङले जानकारी दिनुभयो ।
अस्तिदेखि सुत्केरी व्यथा लागेको उहाँले भन्नुभयो,“ हिजो आफन्तजनले उहाँलाई फिलिम स्वास्थ्यचौकी ल्याउनुभयो, बच्चाले पेटभित्रै दिसा खाइसकेको हुनाले उपचारको लागी समस्या भएर सेनाको हेलिकोप्टर मगाएर उद्धार गरी काठमाडौ पठाएका हौँ ।
मौसम प्रतिकुल नभएका कारण समयमा हेलिकोप्टर आउन नसकेको ढिला भएपनि सफल उद्धार गरी थापाथली प्रशुतीगृहमा शल्यक्रियाका लागि लगिएको उहाँले बताउनुभयो ।
सुनमायालाई राष्ट्रपति सुत्केरी महिला उद्धार कार्यक्रम अन्तर्गत उद्धार गरिएको उपाध्यक्ष गुरुङले जानकारी दिनुभयो । हामी दुर्गम भेगका बासिन्दाहरुलाई बर्खा लागेसँगै समस्या पनि बढेको उप्रमुख गुरुङ बताउनुहुन्छ ।
सडक राम्रो भएको भए र गाडी चलेको भए अस्ति नै अस्पताल पुगेर सुरक्षित सुत्केरी भइसकेको हुन्थ्यो उहाँले भन्नुभयो,“समयमै उपचार नपाएर उत्तरी भेगका नागरीकहरुले अकालमा ज्यान गुमाएका छन् ।