Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

कुलमानले सुनाए तीन वर्षे प्रगति, ४७ अर्ब ४१ करोड सञ्चित नाफामा प्राधिकरण


1.2K
Shares

कुलमानले सुनाए तीन वर्षे प्रगति, ४७ अर्ब ४१ करोड सञ्चित नाफामा प्राधिकरण

काठमाडौं, २५ साउन । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो दोस्रो कार्यकालको तीन वर्षे उपलब्धि सुनाउनुभएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै उहाँले प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा रहेको बताउनुभएको हो । उहाँले आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेकोको प्राधिकरण अहिले उल्लेख्य नाफामा गइसकेकको बताउनुभएको छ ।

‘आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले। ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ,’ उहाँले पत्रकार सम्मेलनका क्रममा भन्नुभयो ।

२०७८ साउन २५ गते प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रो कार्यकालका लागि नियुक्त भएको बताउँदै उहाँले सामुदायिकसहित ५९ लाख ६० हजार प्राधिकरणका ग्राहक रहेको जानकारी दिनुभयो ।

आठ वर्षअघि पहिलो कार्यकालका लागि प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त हुँदा प्रतिवर्ष तीन अर्ब ३२ करोड युनिट विद्युत खपत हुने गरेकोमा अहिले प्रतिवर्ष १० अर्ब २३ करोड युनिट विद्युत खपत भइरहेको घिसिङले बताउनुभयो ।

प्राधिकरणको आफ्नै स्रोतबाट ठूलो मात्रामा लगानी भइरहेको पनि उहाँले बताउनुभयो । सुकुम्बासी बस्ती, चेपाङ बस्ती र मुसहर बस्तीलगायत विपन्न वर्गको घरपरिवारमा विद्युत् पुर्‍याउन निस्शुल्क मिटरसमेत वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology