Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

चाडबाडलाई भारतबाट १९ हजार टन चिनी ल्याइँदै, प्रस्ताव आह्वान


1.1K
Shares

चाडबाडलाई भारतबाट १९ हजार टन चिनी ल्याइँदै, प्रस्ताव आह्वान

काठमाडौं, २४ साउन । भारतले नेपालका लागि तोकेको कोटा अनुसार १९ हजार टन चिनी आयात गरिने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनी आयात गर्न इच्छुक फर्मरकम्पनीसँग प्रस्ताव आह्वान गरेको छ ।

बुधबार आह्वान भएको सूचना अनुसार पाँच दिनभित्र यस्ता कम्पनीले चिनी आयातका लागि प्रस्ताव पेस गर्न सक्नेछन् । चिनी आयातका लागि अनुमति पत्र प्राप्त गर्ने फर्म तथा कम्पनीका लागि न्यूनतम कोटा २ हजार ६ सय टन तोकिएको छ ।

१९ हजार टनभन्दा बढी परिमाण आयात अनुमतिका लागि आवेदन परे न्यूनतम २ हजार ६ सय टन कोटा नघट्ने गरी समानुपातिक रूपमा कोटा बाँडफाँट गरिने समेत विभागले जनाएको छ ।

सातभन्दा बढी कम्पनीबाट आवेदन पर्‍यो भने सुरुमा आउने आवेदनलाई पहिलो प्राथमिकता दिइने भएको छ । कोटाको चिनी आयात गर्न भारतले तोकेको समयावधि आगामी ३० सेप्टेम्बरसम्म मात्र छ । आउन लागिरहेको मुख्य चाडपर्व लक्षित गरी चिनी आयात गर्न लागिएको विभागको भनाइ छ ।

अनुमति पाएको एक महिनाभित्र चिनी नल्याए अनुमति खारेज हुने समेत विभागले स्पष्ट पारेको छ । अनुमति पाएका कम्पनीले चिनी आयात गर्न नसक्ने भए १५ दिन भित्रै जानकारी दिनुपर्ने भएको छ ।

अनुमति प्राप्त कम्पनीले विभागबाट अनुमति प्राप्त गरेको मितिले साल्ट ट्रेडिङ कर्पोरेसनले निर्धारण गरेको मूल्यमा नबढ्ने गरी आयातित चिनी बजारमा बिक्री गर्नुपर्ने सर्त तोकिएको छ ।

चिनीको गुणस्तर समेत सरकारले तोके बमोजिम हुनुपर्ने सर्त छ । अनुमति प्राप्त कम्पनीबाट आयातित चिनी मौज्दात, मूल्य, गुणस्तर र बिक्री विवरण साप्ताहिक रूपमा विभागमा बुझाउनुपर्ने समेत सर्त छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology