Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखामा आफ्नै श्रीमती हत्याको अभियोगमा पक्राउ परेका कुमारपुर्पक्षका लागि कारागार चलान


959
Shares

गोरखामा आफ्नै श्रीमती हत्याको अभियोगमा पक्राउ परेका कुमारपुर्पक्षका लागि कारागार चलान

गोरखा, २४ साउन । गोरखामा आफ्नै श्रीमती हत्याको अभियोगमा पक्राउ परेका एक पुरुष पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
गोरखा जिल्ला अदालतले ज्यान सम्बन्धी कसूर कर्तव्य ज्यानमुद्दामा बुधबार बारपाक सुलिकोट गाउँपालिका वडा नं ७ बालुवाका ३१ बर्षका कुमार सार्कीलाई पुर्पक्षका लागी कारागार चलान गरेको प्रहरी निरीक्षक धुब्र शर्माले बताउनुभयो ।

सार्कीले असार २६ गते राती २६ बर्षकी श्रीमती सुनितालाई मारेको जाहेरीका आधारमा उनलाई पक्राउ गरि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

सुनिता सलको पाँसो लगाइ झुण्डिएको अबस्थामा फेला परेकी थिईन् । कुमारले श्रीमतीको हत्या गरी झुण्डाएको र नाटक मन्चन गर्दै गाउँले भेला पारेर पासो काटेको भन्दै मृतकका भाईले प्रहरीमा जाहेरी दिएका थिए । सोही आधारमा प्रहरीले उनलाई पक्राउ गरी मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology