Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

नेपालमा अर्को एक जनामा कोरोना संक्रमण भेटियो, संक्रमित ६ पुग्यो


1.8K
Shares

नेपालमा अर्को एक जनामा कोरोना संक्रमण भेटियो, संक्रमित ६ पुग्यो
काठमाडौ, २० चैत । नेपालमा अर्को एक जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ । चैत ४ गते कतार एयरवेजको क्युआर ६५२ विमानबाट नेपाल आएका एक जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको हो ।

फ्रान्सबाट कतार हुँदै सोही विमानमा नेपाल आएकी एक युवतीमा चैत १० गते कोरोनाको संक्रमण पुष्टि भएको थियो, त्यसको पाँच दिनपछि अर्थात चैत १५ गते बागलुङकी अर्की किशोरीमा पनि कोरोना संक्रमण भेटिएको थियो। बिहीबार सोही विमानमा आएकी अर्की युवतीको पनि रिपोर्ट पोजेटिभ भेटिएको हो।

 योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ। यसअघि चीनबाट आएका एक युवामा कोरोनाको संक्रमण देखिएको थियो। उनी स्वस्थ भएर घर फर्केका छन्। त्यस्तै युएईबाट आएका अर्का एक युवा र फ्रान्सबाट आएकी युवती टेकु अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छन भने युएइबाटै आएका अर्का संक्रमित युवा सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत छन्।

स्वास्थ्य मन्त्रालयले बिहीबार दिउँसो आयोजना गरेको प्रेस ब्रिफिङमा  मन्त्रालयका प्रवक्ता विकास देवकोटाले थप एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology