Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

धार्चे गाउँपालिका न्यायिक समितिद्धारा निर्मित मेलमिलाप सम्बन्धी जनचेतनामूलक भिडियो बिमोचन


1.6K
Shares

धार्चे गाउँपालिका न्यायिक समितिद्धारा निर्मित मेलमिलाप सम्बन्धी जनचेतनामूलक भिडियो बिमोचन

गोरखा,२३ साउन । धार्चे गाउँपालिका न्यायिक समितिद्धारा निर्मित मेलमिलाप सम्बन्धी जनचेतनामूलक भिडियो हिजो बिमोचन गरिएको छ । जिल्ला अदालत गोरखाका न्यायधीस शिवबहादुर रानाभाट एक कार्यक्रममा विच भिडियो सन्देशको बिमोचन गर्नुभएको हो । जिल्ला अदालतको सभाहलमा गाउँपालिका भित्रका एघारवटै पालिकाका उपप्रमुख तथा न्यायिक समितिका कर्मचारी सहितको उपस्थितीमा भिडियो बिमोचन गरिएको धार्चे गाउँपालिका न्यायिक समितिका संयोजक एवं गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिनुभयो ।

 

धार्चे गाउँपालिका न्यायिक समितिले गाउँपालिकाले पालिका भित्रका नागरिकहरुलाई गाउँपालिका अन्र्तगत रहने मेलमिलाप समितिले न्यायिक क्षेत्रका गर्ने कामलगायतका बिषयमा जानकारी प्रदान गर्न भिडियो निर्माण गरेको उहाँले बताउनुभयो ।

‘‘भिडियोमा न्यायिक समितिले हेर्ने मुद्दाहरु, अदालतले हेर्ने मुद्दा, प्रहरीको पुग्नुपर्ने खालका मुद्दाहरुका बिषयमा पनि नागरिकहरुलाई जानकारी दिने प्रयास गरिएको छ, उहाँले भन्नुभयो, ‘‘सकभर सानातिना विवादलाई अदालतसम्म पु¥याउनु भन्दापनि गाउँ वा न्यायिक समितिबाट हल गर्नुपर्छ भन्ने सन्देष पनि भिडियोमार्फत गाउँपालिकाबासीसम्म पु¥याउन खोजिएको छ ।’’

न्यायिक समितिले आफ्नो क्षेत्राधिकार भित्र रहेर स्थानीय तहमार्फत नै छिटो, छरितो र निस्पक्ष न्यायदिन सक्ने र न्यायमा समेत सवैको पहुँच पु¥याउन सकिने भएकाले त्यसको जानकारी आमनागरिकमा पु¥याउन भिडियो निर्माण गरिएको संयोजक गुरुङले बताउनुभयो ।

 

जनचेतनामूलक भिडियोमा चर्चित हास्यव्यङ्ग्य कलाकार सुरविर पण्डित, पल्पसा डंगोल (चम्सुरी), चर्चित मोडल जुनु गुरुङ, सुस्मिता गुरुङ, सुनबहादुर गुरुङ (राज गोर्खाली), किसन गुरुङ (फिस्टे) बालकलाकार कुसल घलेलगायतको अभियन रहेको छ । त्यस्तै गायनतर्फ आँशु लामा, विमला गुरुङलगायतले साथ दिनुभएको उहाँले जानकारी दिनुभयो । भिडियोको जिल्ला अदालत गोरखामा पनि छयाङ्कन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology