गोरखा, २१ साउन । जिल्ला अदालत गोरखाले गत आर्थिक बर्ष ०८०÷०८१ मा लक्ष्यभन्दा बढि मुद्दा फच्र्यौट गरेको छ । अदालतले गत आर्थिक बर्षमा ५ सय ९७ मुद्दा फच्यौट गर्ने लक्ष्य लिएको भएपनि ६ सय २३ मुद्दा फच्र्यौट गरेको जिल्ला न्यायाधिस शिवबहादुर रानाभाट जानकारी दिनुभयो ।
गत आर्थिक बर्षमा अघिल्लो आर्थिक बर्षबाट सरेर आएका र नयाँ दर्ता भएका गरी जम्मा ९ सय ८० थान मुद्दा रहेकोमा समग्रमा ६३ दशमलव ६ प्रतिसत मुद्दा फच्र्यौट भएको उहाँले बताउनुभयो ।
‘लक्ष्यका आधार तुलनमा भने आर्थिक बर्ष ०८०÷०८१ मा १०४ दशमलव ३५ प्रतिसत मुद्दा फच्र्यौट भएको छ, ‘न्यायाधिस रानाभाटले भन्नुभयो, ‘अदालतको मुद्दा फच्र्यौटको अबस्थालाई हेर्दा यो अत्यन्तै सकारात्मक हो ।’ जिल्ला अदालतमा गत आर्थिक बर्षमा कुल ७ सय १८ थान नयाँ मुद्दा दर्ता भएको उहाँले बताउनुभयो
। त्यसवाहेक २ सय ६२ वटा मुद्दा अघिल्लो आर्थिक बर्ष ०७९÷०८० बाट सरेर आएको थियो । जिम्मेवारी सरेर आएका र नयाँ दर्ता भएका गरी गत आर्थिक बर्षका ३ सय ५७ थान मुद्दा चालु आर्थिक बर्षका लागि सरेर आएको न्यायधिस रानाभाटको भनाई छ । अदालतमा फच्र्यौट गर्न बाँकी रहेका मुद्दाहरुमा २५७ थान मुद्दा ६ महिना भित्रका रहेका छन् भने ६१ थान मुद्दा ६ महिना नाधेका मुद्दा रहेको गोरखा जिल्ला अदालतका श्रेस्तेदार मदनराज भट्टराईले जानकारी दिनुभयो ।
त्यस्तै एकबर्षदेखि अठार महिना भित्रका ३३ थान, १८ महिनादेखि दुई बर्ष भित्रका ६ थान मुद्दा फच्र्यौट गर्न बाँकी रहेको उहाँले भनाई छ । अदालतमा दुई बर्ष नाघेका मुद्दा भने नरहेको उहाँले बताउनुभयो । गतबर्षदेखि नै जिल्ला अदालतमा दुई बर्ष अवधी नाघेका मुद्दालाई शुन्यमा झार्ने लक्ष्य रहेको थियो ।
सोही लक्ष्य अनुसार अदालतमा दुई बर्ष माथिका कुनै पनि मुद्दा फच्र्यौट गर्न बाँकी नरहेको श्रेस्तेदार भट्टराईको भनाई छ । अदालतमा देवानी प्रकृतिका ७३८ थान रहेको थियो भने फौजदारी प्रकृतिका ७४ थान, सरकारीवादी फौजदारी १५५ थान, पुनरावेदन ३ थान र रिट निवेदनका ३ थान मुद्दा गत आर्थिक बर्षमा अदालतमा जिम्मेवारीमा रहेको थियो ।