Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

संगठन सुदृढीकरण गर्न फेरि जनतामाझ जाँदै मा‌ओवादी


1.3K
Shares

संगठन सुदृढीकरण गर्न फेरि जनतामाझ जाँदै मा‌ओवादी

काठमाडौं, २० साउन । संघ र प्रदेशका सरकारहरूमा प्रतिपक्षमा रहेको नेकपा माओवादी केन्द्र संगठन सुदृढीकरणलगायत अभियानसहित जनतामाझ जाने भएको छ । माओवादीले संघीय र प्रदेश सरकारमा रहेका बेला गरेका कामबारे जनतालाई जानकारीसमेत गराउने तयारी गरेको छ ।

यसअघि गत वर्ष माओवादीले जनतासँग माओवादी चार महिने विशेष रूपान्तरण अभियान चलाएको थियो । यही साउन ११ देखि १५ गतेसम्म पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले फेरि रूपान्तरण अभियान चलाउने विषयमा छलफल गरेको हो।

पार्टीका उपमहासचिव वर्षमान पुनले स्थायी कमिटी बैठकले अभियानका एजेण्डा बनाउने बताउनुभयो । ‘हामीले साउन २५ गते स्थायी कमिटीको बैठक बोलाएका छौं। त्यसपछि केन्द्रीय कमिटीको बैठक बस्छ, केन्द्रीय कमिटीले अभियान चलाउने निर्णय गर्छ,’ पुनले भने,‘केन्द्रीय कमिटीको बैठकबाट कार्यक्रम बनाउँछौं, पदाधिकारीको बैठकमा हामीले जनतासमक्ष जाने एजेण्डाकाबारेमा छलफल गरेका छौं ।’ अभियानका क्रममा पार्टी महाधिवेशनको तयारी, संगठन सुदृढीकरण डेढ वर्षमा गरेका कामहरू जनतामा लैजाने उहाँले बताउनुभयो ।

‘हामीले जनतासँग कांग्रेस(एमाले सरकार बन्नुका आधारहरूका बारेमा पनि खुलस्त कुरा गर्छौं,’ पुनले भने, ‘दलालहरू, बिचौलियाहरू कसरी खेले, कसरी हाबी भए कसरी खेले भन्ने बारेमा जनतालाई सुचित गर्ने र ०८४ को निर्वाचनलाई पनि फोकस गरेर अभियान कुराकानी पदाधिकारी बैठकमा भएको छ।’

०८४ को निर्वाचनमा एक्लै प्रतिष्पर्धामा जानुपर्नेमा अधिकांश पदाधिकारीले मत राखेका थिए । स्थायी कमिटीमा पनि पदाधिकारी बैठकमा उठेका कुराहरूलाई नै एजेण्डा बनाएर जाने माओवादीले निर्णय गरेको छ ।

२०७८ पुसमा बोलाइएको राष्ट्रिय सम्मेलनलाई नै माओवादीले पार्टीको आठौं महाधिवेशन भनेको थियो। त्यतिबेलै माओवादीले एक वर्षभित्र विशेष महाधिवेशन गर्ने र कमिटी चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको थियो ।

तर २०८० फागुन १ मा भएको विधान सम्मेलनले फेरि एक वर्षभित्रमा विशेष अधिवेशन गर्ने निर्णय गर्‍यो । माओवादीमा निर्धारित मितिमा विधान महाधिवेशन गरेर नेतृत्वमा निर्वाचन हुनुपर्ने माग जबरजस्त उठेको छ। त्यसैको तयारीका लागि अभियान चलाउन लागिएको माओवादीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology