पूर्वी नवलपरासी १९ साउन । पूर्वी नवलपुरस्थित अमलटारीस्थित गोरखनाथ गणमा कार्यरत एक सैनिक जवानले आफैले आफैलाई गोली हानेर आत्महत्या गरेका छन् ।
धादिङको गल्छी गाउँपालिका–४ घर भएका २२ वर्षका सैनिक जवान सुदीप मिजारले शनिबार दिउँसो आफ्नो घाँटीमा गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
मिजार अमलटारी सेक्टरअन्तर्गत चितवनको बाँदरभुला पोस्टमा कार्यरत थिए । आत्महत्याको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।